चीन पुगे अमेरिकी विदेशमन्त्री
बुधबार, १२ वैशाख २०८१, १५ : २७
संघाई । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन तीन दिने चीन भ्रमणका लागि संघाई पुगेका छन् । अमेरिकी विदेशमन्त्रीको यो भ्रमण उतारचढाव भोगिरहेको चीन र अमेरिकाबिचको सम्बन्धलाई स्थिर बनाउन केन्द्रित रहने बताइएको छ ।
भेटवार्तामा रुस–युक्रेन युद्ध, दक्षिण चीन सागर र ताइवानको मुद्दा पनि उठ्न सक्ने बीबीसीको समाचारमा उल्लेख छ । दुई देशबिच यी क्षेत्रमा टकराव कम गर्ने विषयमा छलफल हुने बताइएको छ ।
गत वर्ष अमेरिकाले कथितरुपमा चिनियाँ जासुसी बेलुन खसाएको थियो । यस घटनापछि दुई देशबिचको तनाव झन् बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनले गर्यो गाजामा ५ वटा एयरड्रप सहायता प्रदान
-
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
-
२ महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक ८ लाख घाटा
-
विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गरौँ : मन्त्री श्रेष्ठ
-
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
-
सवारी ‘लाइसेन्स’ मा उठेका प्रश्नहरू समाधान गर्नुस् : प्रधानमन्त्री