डढेलो निभाउन गएको दमकल नै जल्यो
बुधबार, १२ वैशाख २०८१, १५ : २८

बुटवल । डढेलो निभाउन गएको दमकल नै जलेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेको हो ।
नगरपालिकाको लु१ग ३४९ नम्बरको दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तिलोत्तमा–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा आगलागी हुँदा इन्जिनसहितका भाग जलेका छन् । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुमनको ‘कान्छी द लालुपाते’ सार्वजनिक
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि