‘मिलनविरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाए’
मंगलबारे । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले इलामको निर्वाचन आफूहरूले जिती सकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन् ।
इलाम उपनिर्वाचनको मौन अवधि सुरु हुनु अगावै बुधबार पार्टीले राखेको बृहत् आमसभामा बोल्दै वाग्लेले चुनाव जितिसकेको बताएका हुन् । ‘राजनीति भनेको अङ्कगणितको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जितिसकेका छौँ,’ वाग्लेले भने ।
रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा वैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार–प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुनु अगावै आज रास्वपाले इलामको देउमाइ नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बजारमा बृहत् आमसभाको आयोजना गरेको छ ।
मन्तव्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाई रहेको बताउँदै उनले पुराना दलहरू पराजयबाट तर्सिएको बताए । ‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरू उसको अभियानबाट अत्तालिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन्,’ उनले भने ।
इलामको चुनावी प्रचार प्रचारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अन्य नेताहरू यति बेला इलाममै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण