१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
बुधबार, १२ वैशाख २०८१, २० : ४४

काठमाडौँ । लोकसेवा आयोगले १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि सिफारिस भएका हुन् ।
आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो । जसअनुसार न्याय सेवामा दीपक भण्डारी र दीपशिखा मुनाकमी, परराष्ट्र सेवामा ज्ञानबहादुर मगर, लेखा परीक्षण सेवामा राजेन्द्र प्रसाद ओझा सिफारिस भएका छन् ।
यस्तै प्रशासन सेवामा विनोद कुमार खड्का, राजन पौडेल, पुरुषेत्तम शर्मा, कृष्ण प्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा र ज्ञानहरि घिमिरे सिफारिस भएको आयोगले बुधबार सूचनामार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल