क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
बिहीबार, १३ वैशाख २०८१, ११ : २७
क्याम्प नाउ । ज्याभी कम्तीमा सन् २०२५ को जुनसम्म बार्सिलोनामै रहने भएका छन् । यो सिजन क्लबमा उनको अन्तिम सिजन हुने बताए पनि उनले मन बदलेका हुन् ।
४४ वर्षीय म्यानेजरले गन जनवरीमा उनले यो सिजनको अन्त्यमा पदबाट राजीनामा दिने बताएका थिए । तर, क्लबका अध्यक्ष जोआन लापोर्टाले उनलाई नै निरन्तरता दिन चाहेपछि ज्याभीले निर्णयबाट यू–टर्न लिएका हुन् ।
कतारी क्लब अल साद छाडेर ज्याभीले सन् २०२१ को नोभेम्बरमा बार्सिलोनाको नेतृत्व सम्हालेका थिए । सन् २०२२–२३मा उनले आफ्नो पहिलो पूर्ण सिजनका दौरान क्लबलाई ला लिगा उपाधि दिलाउन सफल भएका थिए ।
यद्यपि, यो सिजन टोली लिगको शीर्ष स्थानमा रियल मड्रिडभन्दा ११ अङ्कले पछि रहेको छ । बार्सिलोना पीएसजीसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट पनि बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण