शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न

बिहीबार, १३ वैशाख २०८१, ११ : २७
बिहीबार, १३ वैशाख २०८१

क्याम्प नाउ । ज्याभी कम्तीमा सन् २०२५ को जुनसम्म बार्सिलोनामै रहने भएका छन् । यो सिजन क्लबमा उनको अन्तिम सिजन हुने बताए पनि उनले मन बदलेका हुन् ।

४४ वर्षीय म्यानेजरले गन जनवरीमा उनले यो सिजनको अन्त्यमा पदबाट राजीनामा दिने बताएका थिए । तर, क्लबका अध्यक्ष जोआन लापोर्टाले उनलाई नै निरन्तरता दिन चाहेपछि ज्याभीले निर्णयबाट यू–टर्न लिएका हुन् ।

कतारी क्लब अल साद छाडेर ज्याभीले सन् २०२१ को नोभेम्बरमा बार्सिलोनाको नेतृत्व सम्हालेका थिए । सन् २०२२–२३मा उनले आफ्नो पहिलो पूर्ण सिजनका दौरान क्लबलाई ला लिगा उपाधि दिलाउन सफल भएका थिए ।

यद्यपि, यो सिजन टोली लिगको शीर्ष स्थानमा रियल मड्रिडभन्दा ११ अङ्कले पछि रहेको छ । बार्सिलोना पीएसजीसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट पनि बाहिरिइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप