वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको बिहीबार सम्पन्न खेलमा मधेश प्रदेशले रोमाञ्चक जित हासिल गरेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ‘सुपर ओभर’ मा हराएको हो ।
वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम प्रदेशले पनि निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २१ रनमात्र बनाउन सक्यो ।
दुबै टोलीले बराबरी रन बनाएपछि खेल ‘सुपर ओभर’ मा पुगेको थियो । सुपर ओभरमा सुदूरपश्चिम प्रदेशले एक विकेट गुमाएर सात रन बनायो । मधेश प्रदेशले भने पाँच बलमै एक विकेट गुमाएर नौ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
त्यसअघि निर्धारित ओभरको खेलमा मधेश प्रदेशका लागि रोहन बिकेले ४६ रन बनाएका थिए । उनले ४६ बलमा ६ छक्का पनि प्रहार गरे । कप्तान राहुल मण्डलले पनि २३ रन बटुले । अभिषेक तिवारीले अविजित २१ र विशाल पटेलले १४ रन बनाए ।
सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल, नरेन साउद र हेमन्त धामीले दुई–दुई विकेट लिए । नारायण जोशीले पनि एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि वसन्त खत्रीले ३८ रन बनाएका थिए ।किरण ठगुन्नाले पनि अविजित २३ रन जोडे ।
ओपनर अभिषेक राईले टोलीको खातामा २२ रन थपेका थिए । वसन्त कार्कीले पनि १५ रन बनाए । मधेश प्रदेशका बलर रंजित कुमारले तीन र विशाल सुशलिङले दुई विकेट लिए । अभिषेक तिवारी र शम्साद मंसुरीले पनि एक–एक विकेट हात पारे । रंजित कुमार म्यान अफ दी म्याच घोषित भए ।
६ खेल खेलेको मधेशले हात पारेको यो चौथो जित हो । दुई खेलमा मधेश प्रदेश पराजित भएको छ । पाँच खेल खेलेको सुदूरपश्चिमले भोगेको यो तेस्रो हार हो । दुई खेलमा भने सुदूरपश्चिम पराजित भएको छ । आठ अंकसहित मधेश तेस्रो र चार अंकसहित सुदूरपश्चिम पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण