पाकिस्तानमा विदेशमन्त्री इशाक दार उपप्रधानमन्त्रीमा नियुक्त

इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री शहबाज सरिफले तत्कालै लागू हुने गरी इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गर्नुभएको छ । अर्को सूचना जारी नभएसम्म उनी यही पदमा रहनेछन् ।’ पाकिस्तानमा १२ वर्षपछि कसैलाई उपप्रधानमन्त्री नियुक्त गरिएको हो ।
यसअघि सन् २०१२ को जुनमा चौधरी परवेजलाई पाकिस्तानको उपप्रधानमन्त्री नियुक्त गरिएको थियो । पाकिस्तानमा यस वर्षको सुरुमा आम निर्वाचन भएको थियो । मार्चमा शहबाज सरिफको गठबन्धन सरकार बनेपछि इशाक दारलाई पाकिस्तानको विदेशमन्त्री नियुक्त गरिएको थियो । इशाक दारले सेप्टेम्बर २०२२ देखि अगस्ट २०२३ सम्म शाहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारमा अर्थमन्त्रीको पद पनि सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा