पाकिस्तानमा विदेशमन्त्री इशाक दार उपप्रधानमन्त्रीमा नियुक्त
इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गरिएको छ । मन्त्रिपरिषद् महाशाखाले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री शहबाज सरिफले तत्कालै लागू हुने गरी इशाक दारलाई उपप्रधानमन्त्री नियुक्त गर्नुभएको छ । अर्को सूचना जारी नभएसम्म उनी यही पदमा रहनेछन् ।’ पाकिस्तानमा १२ वर्षपछि कसैलाई उपप्रधानमन्त्री नियुक्त गरिएको हो ।
यसअघि सन् २०१२ को जुनमा चौधरी परवेजलाई पाकिस्तानको उपप्रधानमन्त्री नियुक्त गरिएको थियो । पाकिस्तानमा यस वर्षको सुरुमा आम निर्वाचन भएको थियो । मार्चमा शहबाज सरिफको गठबन्धन सरकार बनेपछि इशाक दारलाई पाकिस्तानको विदेशमन्त्री नियुक्त गरिएको थियो । इशाक दारले सेप्टेम्बर २०२२ देखि अगस्ट २०२३ सम्म शाहबाज सरिफको नेतृत्वमा रहेको गठबन्धन सरकारमा अर्थमन्त्रीको पद पनि सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
क्यानडाको उत्कृष्ट पुनरागमन: रोमाञ्चक बराबरीमा क्यानडा र बोस्निया
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण