पाँच दिनमा दोस्रो पटक डाउन भयो एक्स
सोमबार, १७ वैशाख २०८१, १४ : २४
काठमाडौँ । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइड डाउन भएको खबरहरू आइरहेका छन् । एक्स डाउन भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगातार गुनासो गरिरहेका भन्दै केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम छन् ।
डाउनडिटेक्टरले पनि एक्स चलाउन नसकिएको खबरको पुष्टि गरेको छ । मध्याह्न १ बजेतिरदेखि एक्समा समस्या देखिन सुरु भएको थियो । एपको टाइमलाइन अपडेट भइरहेको छैन ।
पेजमा ‘समथिङ वेन्ट रङ्ग ट्राइ रिलोडिङ’ भन्ने म्यासेज आइरहेको छ । ५३ प्रतिशतले एपमा समस्या आएको बताएका छन् । ३२ प्रतिशतले वेबसाइटमा समस्या देखिएको बताएका थिए । यसअघि अप्रिल २६ मा पनि एक्समा समस्या देखिएको थियो । तर केही समयमै सेवा सुचारु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण