पाँच दिनमा दोस्रो पटक डाउन भयो एक्स
सोमबार, १७ वैशाख २०८१, १४ : २४
काठमाडौँ । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइड डाउन भएको खबरहरू आइरहेका छन् । एक्स डाउन भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगातार गुनासो गरिरहेका भन्दै केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम छन् ।
डाउनडिटेक्टरले पनि एक्स चलाउन नसकिएको खबरको पुष्टि गरेको छ । मध्याह्न १ बजेतिरदेखि एक्समा समस्या देखिन सुरु भएको थियो । एपको टाइमलाइन अपडेट भइरहेको छैन ।
पेजमा ‘समथिङ वेन्ट रङ्ग ट्राइ रिलोडिङ’ भन्ने म्यासेज आइरहेको छ । ५३ प्रतिशतले एपमा समस्या आएको बताएका छन् । ३२ प्रतिशतले वेबसाइटमा समस्या देखिएको बताएका थिए । यसअघि अप्रिल २६ मा पनि एक्समा समस्या देखिएको थियो । तर केही समयमै सेवा सुचारु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जितमा कुशल र दीपेन्द्रको अर्धशतक
-
जनक शिक्षाको पुस्तक विद्यार्थीको हात हातमा, स्थानीय पाठ्यपुस्तकको छैन टुङ्गो
-
चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा
-
प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता, के भयो कुराकानी ?
-
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
-
संसद् खुलाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल