सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते
सुर्खेत । सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सिम्ता गाउँपालिका–३ स्थित मस्तरामा बाँकेको नेपालगन्जबाट जाजरकोटको लिस्सातर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको यात्रुबहाक बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएको छ। दुर्घटनामा परी ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको जामुने बजारमा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ ।
बसमा १९ जना यात्रु सवार थिए । बस चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४, बस्ने २४ वर्षीय प्रकाश मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विवरण
१) जिल्ला जाजरकोट बारेकोट गा.पा. १ बस्ने वर्ष ६५ कि कलि नेपाली दुवै हात र टाउकोमा चोट अवस्था मध्यम ।
२) जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने वर्ष ४८ को विजय गोसाईं दाहिने हातमा चोट सामान्य ।
३) ऐ.ऐ. बस्ने वर्ष ४८ कि खुमा कु. गोसाईं दाहिने खुट्टामा,ढाडमा चोट मध्यम ।
४) जिल्ला जाजरकोट भेरी.न.पा. १ बस्ने वर्ष १५ कि गृष्मा राना टाउकोमा, वाँया खुट्टामा,पेटमा चोट अवस्था मध्यम
५) जिल्ला दैलेख चामुण्डामा ग.पा. २ बस्ने वर्ष २३ गणेश थापा दाहिने हातमा चोट सामान्य ।
६) जिल्ला जाजरकोट छेडागाड न.पा. १३ बस्ने वर्ष १७ कि लक्ष्मी सिंह ढाडमा, टाउकोमा चोट अवस्था मध्यम
७) ऐ.ऐ. बर्ने वर्ष २० को गोविन्द सिंह अण्डकोषमा चोट अवस्था मध्यम ।
८) जिल्ला बाँके कोहलपुर न.पा. २ बस्ने वर्ष ४२ को लाल ब. सिंह वाया हातमा चोट सामान्य ।
९) जिल्ला जाजरकोट नलगाड न.पा. ५ बस्ने वर्ष ५२ को भीम ब. सिंह वाँया खुट्टमा चोट अवस्था सामान्य ।
१०) जिल्ला डोल्पा त्रिपुरा सुन्दरी गा.पा. ४ बस्ने वर्ष २१ कि रनिता परियार टाउकोमा,ढाड,खुट्टामा चोट अवस्था मध्यम ।
११ ) जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने वर्ष ३० कि केतना नेपाली पेटमा चोट अवस्था सामान्य ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण