जसपाको केन्द्रीय निर्वाचन समिति गठन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम पार्टीको केन्द्रीय कार्यालय समितिले अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् ।
पार्टीले तयार गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाले स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढंगले प्रतिनिधि निर्वाचन गर्न/गराउन आवश्यकता अनुसार केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति तथा प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने व्यवस्था गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले प्रदेशमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया पार्टीको विधान तथा निर्देशिकाअनुसार गराउन प्रदेश निर्वाचन तदर्थ समितिसँग समन्वय गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण