मन्त्री बन्न नपाएपछि माओवादी सांसद विष्टले दल नेतालाई दिए ‘श्री ३ शर्मा महाराज’को संज्ञा
सुर्खेत । मन्त्री छनोटको विषयलाई लिएर कर्णालीमा सत्तारुढ दल माओवादी र एमाले दुबैमा विवाद भएको छ । एमालेभित्रको विवादका कारण कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले मन्त्रीको शपथ बहिस्कार गरेका छन् भने यता माओवादीभित्र पनि विवाद उत्पन्न भएको छ ।
मन्त्रीका लागि चर्चामा रहेका माओवादी सांसद विन्दमान विष्टले पूर्व मुख्यमन्त्री एवम् माओवादी संसदीय दलका नेता राजकुमार शर्माले एकलौटे गर्न खोजेको आरोप लगाएका छन् । उनले शर्मालाई ‘श्री ३ शर्मा महाराज’को संज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘श्री ३ शर्मा महाराजको उपनिवेशमा गाह्रो छ हो साथी हो ।’ विष्टलाई यसअघिनै मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको थियो । तर त्यो बेला उनले नेता मान्दै आएका शक्ति बहादुर बस्नेतले सहयोग नगरको भन्दै बस्नेतबाट असन्तुष्ट बने ।
तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वको सरकारमा अर्थमन्त्री भइसकेका विष्ट यो पटक पनि अर्थ पाउनेमा विश्वस्त थिए । सबै हिसाबले विष्ट अर्थका लागि तयार नै भएको तर, दल नेता शर्माले आफ्नो जिल्ला रुकुम पश्चिमका सांसद महेन्द्र केसीलाई अर्थ मन्त्री बनाइदिए । केसीले मंगलबार शपथ पनि लिइसकेका छन् । यता विष्टले भने त्यसको विरोध जनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण