युरो कपबाट बाहिरिए बेल्जियमका गोलरक्षक थिबाउट

काठमाडौँ । बेल्जियमका गोलरक्षक थिबाउट कोर्टोइसले निकट भविष्यमा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता खेल्न नसक्ने भएका छन् । उनी घुँडाको चोटका कारण युरो कपबाट बाहिरिएको समाचारमा जनाइएको छ ।
३१ वर्षीय गोलरक्षक थिबाउट स्पेनिस क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्छन् । उनको घुँडाको लिगामेन्टमा गम्भिर समस्या देखिएको छ । उनले यो सिजन रियल म्याड्रिडको बाँकी खेल पनि खेल्न नसक्ने भएका छन् ।
रियल म्याड्रिडले जनाए अनुसार, फेरि उनको घुँडाको शल्यक्रिया गर्नु पर्ने भएको छ । बेल्जियमको राष्ट्रिय टोलीका प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि थिबाउट आगामी युरो कपबाट बाहिरिएको समाचारको पुष्टि गरेका छन् ।
थिबाउटले बेल्जियमको राष्ट्रिय टोलीबाट एक सय दुई खेल खेलिसकेका छन् । ‘उनको घुँडामा समस्या देखिएको छ । यस्तो स्थितिमा हामी कुनै जोखिम उठाउने पक्षमा छैनौँ,’ प्रशिक्षक डोमेनिकोले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी जुन १४ देखि जुलाई १४ तारिखसम्म जर्मनीमा आयोजना हुँदै छ । प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउन एमाले जनसंगठनको बैठक च्यासलमा
-
एकअर्कालाई हराउँदै ‘लिग लिडर’ बन्ने धुनमा पञ्जाब र मुम्बई
-
ट्रम्पले पुटिनलाई भने पागल
-
मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना
-
माओवादीको पदाधिकारी बैठक, पार्टी एकताबारे निर्णय हुने
-
त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक-कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)