युरो कपबाट बाहिरिए बेल्जियमका गोलरक्षक थिबाउट
काठमाडौँ । बेल्जियमका गोलरक्षक थिबाउट कोर्टोइसले निकट भविष्यमा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता खेल्न नसक्ने भएका छन् । उनी घुँडाको चोटका कारण युरो कपबाट बाहिरिएको समाचारमा जनाइएको छ ।
३१ वर्षीय गोलरक्षक थिबाउट स्पेनिस क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्छन् । उनको घुँडाको लिगामेन्टमा गम्भिर समस्या देखिएको छ । उनले यो सिजन रियल म्याड्रिडको बाँकी खेल पनि खेल्न नसक्ने भएका छन् ।
रियल म्याड्रिडले जनाए अनुसार, फेरि उनको घुँडाको शल्यक्रिया गर्नु पर्ने भएको छ । बेल्जियमको राष्ट्रिय टोलीका प्रशिक्षक डोमेनिको टेडेस्कोले पनि थिबाउट आगामी युरो कपबाट बाहिरिएको समाचारको पुष्टि गरेका छन् ।
थिबाउटले बेल्जियमको राष्ट्रिय टोलीबाट एक सय दुई खेल खेलिसकेका छन् । ‘उनको घुँडामा समस्या देखिएको छ । यस्तो स्थितिमा हामी कुनै जोखिम उठाउने पक्षमा छैनौँ,’ प्रशिक्षक डोमेनिकोले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी जुन १४ देखि जुलाई १४ तारिखसम्म जर्मनीमा आयोजना हुँदै छ । प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण