नेकपाका महासचिव विप्लव र्याफ्टिङमा सरर...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ गर्मी छल्न त्रिशूली नदीमा र्याफ्टिङ गर्न पुगेका छन् ।
विप्लव र उनको टीमले बेनिघाटदेखि खटौटीसम्म करिब तीन घण्टा र्याफ्टिङमा बिताएको त्रिशुली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए । र्याफ्टिङका क्रममा उनले प्याडल गेमका साथ क्लिफ जम्प समेत गरेका थिए ।
विप्लवले निकै रुचिपूर्वक र्याफ्टिङ गरेको कँडेल बताउँछन् । उनका अनुसार विप्लवले र्याफ्टिङ गर्दा विभिन्न गीत गाएर रमाउँदै मजा लिएका थिए ।
‘विप्लवको नेतृत्वमा स्थानीय नेताहरु पनि यहाँ आउनुभएको थियो । गर्मी छल्नकै लागि योजना बनाएर र्याफ्टिङ गर्न आउनुभएको रहेछ’, कँडेलले भने, ‘र्याफ्टिङपछि निकै रमाइलो मानेर फर्कनुभयो ।’
र्याफ्टिङ गर्दा आफूलाई निकै रमाइलो भएको र काठमाडौँ नजिकैको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको विप्लवले बताएका छन् । विप्लवले आफू र आफ्नो पार्टीले पर्यटकीय प्रवद्र्धनमा जोड दिएको भन्दै मुलुकको पर्यटक प्रवद्र्धनमा सक्दो सहयोग गर्ने समेत बताए ।
हाल रिभरसाइड रिसोर्टले र्याफ्टिङसँगै जिपलाइन र स्काइ साइक्लिङको सुविधा पनि उपलब्ध गराएको छ । आवासीय पर्यटकलाई बस्नका लागि रिसोर्ट र भिल्ल्ला समेत निर्माण गरिएको छ । पछिल्लो समय र्याफ्टिङ लगायतका पर्यटकीय गतिविधिका लागि उल्लेख्य सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न