मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट शृङ्खला

वेस्ट इन्डिज विशाल स्कोरतर्फ, सागरले लिए दोस्रो विकेट

बुधबार, १९ वैशाख २०८१, १३ : ४२
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार नेपालले वेस्ट इन्डिज ‘ए’ को दोस्रो विकेट लिएको छ । क्यारेबियन टोलीको दोस्रो विकेट सागर ढकालले लिएका हुन् । उनले वेस्ट इन्डिजका तेस्रो नम्बरका ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए ।

पेभेलियन फर्किनुअघि फ्लेचरले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ५३ रन थपे । यस क्रममा उनले ३३ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए । उनले ओपनर ब्याट्सम्यान जोन्सन चार्लिससँग एक सय ४५ रनको साझेदारी गरे । १५.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय ७२ रन बनाइसकेको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ । 

पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप