वेस्ट इन्डिज विशाल स्कोरतर्फ, सागरले लिए दोस्रो विकेट
काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार नेपालले वेस्ट इन्डिज ‘ए’ को दोस्रो विकेट लिएको छ । क्यारेबियन टोलीको दोस्रो विकेट सागर ढकालले लिएका हुन् । उनले वेस्ट इन्डिजका तेस्रो नम्बरका ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए ।
पेभेलियन फर्किनुअघि फ्लेचरले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ५३ रन थपे । यस क्रममा उनले ३३ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए । उनले ओपनर ब्याट्सम्यान जोन्सन चार्लिससँग एक सय ४५ रनको साझेदारी गरे । १५.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय ७२ रन बनाइसकेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।
पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण