‘श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले श्रमजीवी वर्गको हक, हित तथा अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण हुन नसक्ने बताए । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गर्दै उनले मजदुर वर्गको अधिकारका लागि एकताबद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमजीवीलाई शुभकामना दिए ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा नीति निर्माणमा श्रमिक वर्गको सहभागितासहित सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए । श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न उनले सरकारसँग आग्रह गरे । समाजको क्रान्तिकारी रूपान्तरणका लागि सबै प्रकारका विभेद, शोषण, दमन र अन्यायसँग जुधेर श्रमजीवी वर्गको हितको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।
लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “अहिले ठुलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेसिएको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण