पाँच वर्षपछि पहिलो पटक युरोप भ्रमणमा चिनियाँ राष्ट्रपति
ब्रसेल्स । चीनका राष्ट्रपति सी चिनफिङ युरोप आइपुगेका छन् । राजकीय भ्रमणमा उनी फ्रान्स आइपुगेका हुन् । पाँच वर्षपछि चिनियाँ राष्ट्रपतिको यो पहिलो युरोप भ्रमण हो । यस भ्रमणका क्रममा उनी फ्रान्सपछि सर्बिया र हङ्गेरी पनि जाने छन् । यस अघि सी सन् २०१९ मा इटलीको भ्रमणका क्रममा युरोप पुगेका थिए ।
युरोपसँग सम्बन्ध चिसिइरहेको बेलामा उनी फ्रान्स पुगेका छन् । यस्तोमा सीले पछिल्लो पटक जस्तै न्यानो स्वागत नपाउने अड्कलबाजी चलिरहेको छ । केही हप्तायता युरोपेली संघले चिनियाँ विन्ड टर्बाइनमाथि व्यापार छानबिन सुरु गरेको छ, भने मेडिकल उपकरण खरिदलाई पनि अनुसन्धानको घेरामा राखेको छ । अनुदान प्रकरणमा छानबिन गर्ने क्रममा अधिकारीहरूले चिनियाँ सुरक्षा उपकरण निर्माता कम्पनी नक्टेकको कार्यालयहरूमा छापा मारेका थिए ।
चीनका लागि जासुसी गरेको वा चीनसँगसम्बन्धित अपराधमा मुछिएको भन्दै जर्मनी र बेलायतले हालैका दिनमा कम्तीमा ६ जनालाई पक्राउ गरेको वा अभियोग चलाएको छ । मार्चमा इटली चीनको बेल्ट एन्ड रोड इनिसिएटीभबाट औपचारिक रूपमै बाहिरिएको थियो । युक्रेनी युद्ध जारी रहँदा रुससँगको सम्बन्धलाई लिएर पनि युरोपेली देशहरूले चीनसँग दूरी बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण