सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ व्यापार संघको अध्यक्षमा राठी निर्विरोध

सोमबार, २४ वैशाख २०८१, २१ : १३
सोमबार, २४ वैशाख २०८१

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् । राठी यसअघिको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् । 

संघको ३४ औँ कार्यकारिणी समितिले राठीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । अनुपम राठीका बुवा नन्दकिशोर राठी र हजुरबुवा आशकरण राठीले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । 

संघका पूर्वअध्यक्ष नन्दकिशोर राठीले नवनिर्वाचित अध्यक्षको रूपमा आफ्ना छोरा अनुपम राठीलाई स्वागत गरे । संघमा यसअघि महासचिव रहेका अनिल साहले वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी पाएका छन् । यस्तै विकाशकुमार बेगवानी र अनिल सारडाले उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् । 

संघको महासचिवमा सञ्जय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया (अग्रवाल) र प्रवक्तामा दीपेश सुवेदी चुनिएका छन् । कार्यकारिणी सदस्यहरूमा सुशील सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिस गोल्छा, विनित सिंघानिया, अमित राठी, आशिष जाजु, पवन राठी, गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, वन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा.दीपेन्द्र नौलखा, पंकज गोयल र सञ्जिव श्रेष्ठ चुनिएका छन् । यस्तै युवा उद्यम समितिका संयोजक अमित अग्रवाल र महिला उद्यम समितिका संयोजक श्रुति शर्मा संघमा पदेन सदस्य रहेको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप