रौतहटको गैँडाटारबाट अवैध काठ बरामद
मङ्गलबार, २५ वैशाख २०८१, ०८ : ०६
रौतहट । रौतहट स्थित प्रहरी र वन कार्यालयको टोलीले एक घरमा छापामारी गरेर अवैध सालको काठबाट बनेको झ्यालसहित चिरान काठ बरामद गरेको छ।
डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहको नेतृत्वमा र सब डिभिजन कार्यालय गैँडाटारका कर्मचारी र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले गैँडाटार टोल स्थित एक घरमा छापामारी सालको तयारी झ्याल ८ थान र फली १४ थान बरामद गरेको हो।
बरामद काठहरू डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए।बरामद काठको बजार मूल्य १ लाख २५ हजार बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण