आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर बालकको मृत्यु

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : १६
मङ्गलबार, २५ वैशाख २०८१

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

चट्याङले एकै परिवारका तीन घाइते
यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । 

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप