लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको मूल्य
मङ्गलबार, २५ वैशाख २०८१, १० : ५८
काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । सुनको मूल्य हिजो पनि तोलामा २०० रुपैयाँले बढेको थियो
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १६सय ७५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १६ सय ६० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण