लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको मूल्य
मङ्गलबार, २५ वैशाख २०८१, १० : ५८
काठमाडौँ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । सुनको मूल्य हिजो पनि तोलामा २०० रुपैयाँले बढेको थियो
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्यमा समेत वृद्धि आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै प्रतितोला १६सय ७५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १६ सय ६० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने
-
४५.६९ अंकले नेप्से बढ्दा ५ अर्ब २५ करोडको कारोबार
-
पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने
-
प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र
-
सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै
-
राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित