कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए । उनले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताए । उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए । उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । उनले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रूपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई सरकारी अरू निकायहरू राख्ने नभई विश्वभरले अध्ययन गर्ने थलोको रूपमा विकास गर्न जरुरी रहेको बताए । गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण