सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २६ वैशाख २०८१, २१ : ५४
बुधबार, २६ वैशाख २०८१

आज २०८१ वैशाख २६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • जसपा विभाजन

जनता समाजवादी पार्टी नेपाल विभाजित भएकोमा उपप्रधानमन्त्री तथा पार्टी अध्यक्ष उपेन्द्र यादव कुनै दोष लिन चाहँदैनन् । ‘नेपालमा कुनै पार्टी अछुतो छैन, बनेका पार्टी तीन दिनमा फुट्या छ र सबभन्दा बढी फुटेको पार्टी कम्युनिस्ट पार्टी हो । मलाई कम्युनिस्ट पार्टीको लामो अनुभव छ, म हुँदै कम्युनिस्ट पार्टी ६३ पटक फुटिसकेको थियो, जति नेता थिए सबैका गुट थिए,’ पत्रकारसँग बुधबार भएको भेटमा उनले भने । २०६३ मा उनको नेतृत्वमा गठित मधेसी जनअधिकार फोरम पार्टी विभिन्न नाममा बदलिँदै सात पटक विभाजित भइसकेको छ ।

  • कठिन मोडमा प्रचण्ड

जीवनकोउत्तरार्द्धमा तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला राजनीतिक जीवनको कठिन मोडमा छन् । संसदीय राजनीतिमा सत्ता र शक्ति सङ्घर्षको गोलचक्करबाट देशलाई मुक्त गरी सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा पूरा गर्ने उद्देश्यसहित उनी २०७९ साल पुस ११ गते प्रधानमन्त्रीका रुपमा तेस्रो पटक सिंहदरबार प्रवेश गरेका थिए ।

  • कोशीमा काउन्टर

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पदमा बस्ने कानुनी हैसियत गुमाएको भन्दै गठबन्धन दल एमाले र माओवादी केन्द्रले काउन्टर दिएका छन् । बुधबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएर काउन्टर दिएका हुन् ।

  • वासिङ मसिन

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो समय सहकारी ठगी प्रकरणमा मुछिएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यही अजेण्डालाई केन्द्रमा राखेर लगातार संसद अवरुद्ध गर्‍यो । बजेट अधिवेशन बोलाउने समय नजिकिएपछि सभामुख देवराज घिमिरेले मंगलबार शीर्ष नेतासहितको बैठक बोलाएका थिए । उक्त बैठकमा गृहमन्त्री लामिछानेले आफ्नो बचाउमा महान्यायाधिवक्ता कार्यालयको एक पत्र पेस गरे ।

  • केन्द्रमा सर्वोच्च

 गण्डकी प्रदेशको सरकार निर्माण विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश भएको छ । यसअघि संयुक्त इजलासबाट टुङ्गो लागेको उक्त मुद्दा फेरि बल्झिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा सभामुखको समेत मत प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले दोस्रो पटक यो विवाद सर्वोच्च पुर्‍याएको हो । नेपाली कांग्रेसका तर्फबाट निवर्तमान मुख्यमन्त्री एवं संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका छन् । उनको रिट दर्ता भएको छ भने सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ । 

  • जागिर छोड्नेको लर्को

नेपाल प्रहरीका डीआईजी रमेश खरेल प्रहरी महानिरीक्षक पदका दाबेदार थिए । मन्त्रिपरिषद्ले उनका ब्याचमेट सर्वेन्द्र खनाललाई महानिरीक्षक नियुक्त गरेपछि खरेलले प्रहरीबाट २०७४ साल चैत २८ मा राजीनामा दिए ।

  • सुहाङको शपथ

इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले सांसद पदको शपथ लिएका हुन् ।

  • ब्रेक–थ्रु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।  सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे ।

  • भागबण्डामा अझै किचलो

प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गण्डकीमा मन्त्रीको नाम दिन नसक्दा गण्डकी मन्त्रीपरिषद् विस्तार रोकिएको छ । चैत २५ गते मुख्यमन्त्रीसँगै शपथ लिएका माओवादी दलका नेता हरिबहादुर चुमान अहिले अर्थमन्त्री छन् ।

  • मातातीर्थ औँसी

‘आमा’ यस्तो शब्द हो, जुन उच्चारण गर्दैमा सम्मान र न्यानोपन महसुस हुन्छ । आमाको जस्तो निस्वार्थ प्रेम सायदै कसैले देला । आमा जननी हुन् । त्यसैले मातृभूमिसँग पनि आमाको तुलना गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप