जसपा नेपालसँग बहुमत सदस्य रहेको उपेन्द्र यादवको दाबी
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् । पार्टी विभाजनपछि आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– 'पार्टी विभाजन गर्ने कुनै आधार नै छैन, उनीहरुले कुनै कारण नै देखाउन सकेको छैन । कसलाई के पुगेको छैन मलाई भनेको भए त्यो पनि दिन्थे ।'
अध्यक्ष यादवले भने, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यवाहक अध्यक्ष नै दिएर गएको थिए, एक जना मन्त्री नै हुनुहुन्छ, अरू सांसद नै हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ नपुगेको के थियो र ।’
उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले भने, ‘उहाँहरूले मागेको कुरा मैले दिन सकिन तर कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो उहाँले दिँदा वा लिँदा हुन्थ्यो नि, कसले रोकेको थियो, पार्टीको कुनै पनि बैठकमा यस्ता कुराहरू उठेन, कसैले उठाउनु पनि भएन ।’
'पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद छैन, साङ्गठनिक मतभेद छैन, पद र जिम्मेवारी बाँडफाँटको मतभेद छैन, सरकारमा जाने आउने विषयमा मतभेद छैन भने पार्टी विभाजनको एउटै कारण हो व्यक्तिगत महत्त्वाकाङ्क्षा', उनले भने, ‘उहाँहरू विकल्कुल व्यक्तिगत महत्वकाँक्षाले पार्टी विभाजन गरेका हुन् ।’
आफू संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप लगाए ।
'पार्टी विभाजन भएको छैन, केही व्यक्ति बरालिएका छन्, उनीहरू गल्ती सुधार गरेर फर्के भने पार्टीमा स्वागत गर्न तयार छौँ'–उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण