सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अब आइफोनमा पनि गुगलको ‘सर्कल टु सर्च’ फिचर

बिहीबार, २७ वैशाख २०८१, १३ : २५
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । गुगलको खास फिचर हो सर्कल टु सर्च । कम्पनीले ग्यालेक्सी एस २४ सिरिज र पिक्सेल ८ सिरिजमा मात्रै यो फिचर दिएको छ । 

 युजरहरूले अब यो फिचर आइफोनमा पनि प्रयोग गर्न पाउने भएका छन् । यसलाई गुगल एप र एप्पल सर्टकटमार्फत प्रयोग गर्न सकिनेछ । तर आईओएस संस्करणमा केही बन्देजहरू छन् ।

सर्कल टु सर्च फिचर आईफोनमा आएको जानकारी गुगल लेन्सका डिजाइन प्रबन्धक मिन्साङ चोईले दिए । माइक्रो ब्लगिङ वेबसाइट एक्समा उनले एक पोस्टमा यस्तो जानकारी दिएका हुन् । यसमा उनले ‘आफ्नो स्क्रिनसट खोज्नुस्’ भन्ने क्याप्सन लेखेका थिए ।

 यो फिचरको सहयोगमा लेन्सको मद्दतले कुनै पनि चीज खोज्न सकिनेछ । तर यसका लागि सर्टकट एप बनाउनु पर्नेछ । यो सर्टकट एप सक्रिय गरेपछि सुरुमा आईफोनले स्क्रिनसट लिनेछ र त्यसपछि गुगल लेन्सको सहयोगमा त्यो सामान खोजिदिनेछ ।

यो फिचरको प्रयोग यसरी गर्नुस्ः

– यो फिचर चल्न आईफोन आईओएस १३ वा यस पछिको संस्करणको हुनुपर्नेछ ।

– आफ्नो फोनमा गुगल एप डाउनलोड गर्नुस् । फोनमा पहिला देखि नै गुगल एप छ भने यसलाई अपडेट गर्नुस् ।

– स्क्रिनसट लिने बित्तिकै गुगल लेन्समा सर्चको विकल्प पाइनेछ ।

– अप्सनमा क्लिक गरेर सर्च गर्न सकिनेछ ।

– सर्टकट बनाउन आइफोनको सेटिङमा एक्सेसिबिलीटी > टच > मा जानु पर्नेछ । डबल ट्याप वा ट्रिपल ट्याप गरेर सर्टकट बनाउन सकिन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप