किन फुट्यो जसपा नेपाल ? यस्ता छन् अशोक राई पक्षको तीन तर्क
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल तीन कारणले फुटेको अशोक राई नेतृत्वको पार्टीले दाबी गरेको छ ।
राई नेतृत्वको जनता समाजवादी पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वैचारिक सैद्धान्तिक, सङ्गठनात्मक र कार्यशैलीका कारणले पार्टी फुटेको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिअनुसार पार्टी विभाजनको वैचारिक सैद्धान्तिक कारणमा उपेन्द्र यादवको कार्यशैलीमाथि नै बढी दोष दिइएको छ । जसअनुसार पार्टी घोषणा पत्र र विधानमा उल्लेखित सङ्घीय समाजवादलाई सोकेसमा थन्क्याई यादवले सामाजिक लोकतन्त्रको वकालत गर्ने गरेको जिकिर गरिएको छ ।
यस्तै पार्टीको सङ्गठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रिकरणको नीति भएपनि नेतृत्वबाट आन्तरिक लोकतन्त्रको अभ्यास नगरिएको जिकिर गरिएको छ । यस्तै विधानबमोजिम प्रदेशहरूको अधिकार प्रदेशलाई प्रयोग गर्न नदिई अकेन्द्रिकरणको सिद्धान्त उलंघन गर्ने काम भएकाले पनि पार्टीमा फुट आएको उल्लेख गरिएको छ ।
यस्तै सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्वको नीतिविपरीत हुने गरी अध्यक्षात्मक प्रणालीमा जस्तो एकल निर्णय गर्नुले अहिलेको अवस्था निम्तिएको फुटको साङ्गठनिक कारणमा उल्लेख छ ।
यस्तै सिद्धान्तमा सङ्घीय ढाँचाको पार्टी भन्ने तर व्यवहारमा केन्द्रीकृत रूपमा पार्टी चलाइनु तथा जिल्ला र पालिकासम्म अध्यक्षले हस्तक्षेप गर्नु पनि पार्टी विभाजन हुनुको अर्को कारण भएको राईको भनाइ छ ।
यस्तै राज्यसँग प्रदेशहरू स्वायत र अधिकारसम्पन्न हुनुपर्छ भनेर माग गरिएपनि पार्टीमा उल्टो गतिविधि हुनुले फुट निम्तिएको राईको भनाइ छ ।
अध्यक्षले पार्टीका सिनियर नेताहरू नभएको बेला आफू अनुकूलको निर्णय गरी विदेश भ्रमणमा जानु, पार्टीको केन्द्रीय कार्यकारिणी समितिले दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा जिम्मेवारी दिने पार्टी निर्णय गरेपनि विपरीत वन राज्यमन्त्रीमा शपथ ग्रहण गराउनुले समेत पार्टीमा समस्या उत्पन्न भएको फुटको कार्यशैली सम्बन्धी अर्को कारणमा उल्लेख छ ।
यस्तै पाटी सरकारमा भएकोबेला सम्बन्धित मन्त्रीलाई जानकारी नगराई मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूमार्फत आफू अनुकूलका काम गर्न निर्देशन दिने जस्ता कार्य उपेन्द्र यादवले गरेको राई पक्षको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण