३०औँ वर्षगाँठ मनाउँदै १९७४ एडी, पहिलो अन्तर्राष्ट्रिय टुर अमेरिकाबाट

काठमाडौँ । नेपाली रक ब्यान्ड १९७४ एडी स्थापनाको ३० वर्ष पुगेको छ । सन् १९९४ मा स्कुल पढाइरहेका शिक्षकहरू मिलेर स्थापना भएको यस ब्याण्डले सन् २०२४लाई विशेष वर्षको रूपमा मनाउने भएको छ । त्यसका लागि ब्याण्डले धेरै भन्दा फ्यानहरूसम्म पुग्ने अभियान स्वरूप देश तथा विदेशमा विशेष कार्यक्रम गरिरहेको छ ।
त्यसै क्रममा वर्षको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम स्वरूप ६ वटा सहरमा कन्सर्ट गर्ने गरी ब्यान्ड सदस्य निराकार याकथुङ्बा, मनोज कुमार केसी, र संजय श्रेष्ठ अमेरिका पुगिसकेका छन् । बाँकी तीन सदस्य फिरोज स्याङ्देन, एड्रियन प्रधान, र मनोज सिंह उतै बसोबास गरिरहेका छन् । सन् २००२ मा पुरानो ओरिजिनल लाइनअपले नै अमेरिका टुर थालेको सन् २००३ पछि पहिलोपल्ट हो ।
मे ११ मा अमेरिकाको मिनिसोटाबाट सुरु हुने कन्सर्ट जुन ८ मा सियाटलको कन्सर्टपछि समापन हुने ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए ।
अन्य स्थानीय आयोजकसँग पनि कुराकानी भइरहेकाले कन्सर्टको सङ्ख्या बढ्न सक्ने पनि उनले बताए । अमेरिकापछि जापान, अस्ट्रेलिया लगायत देशहरूमा पनि ३० वर्षगाँठको उपलक्ष्यमा कन्सर्ट गर्ने तयारी भइरहेको सञ्जयले बताए ।
- ‘हजार सपना’ सार्वजनिक
३० वर्ष पुगेको अवसर पारेर नै ब्यान्डले नयाँ म्युजिक भिडियो पनि सार्वजनिक गरेको छ । म्युजिक भिडियोमार्फत कथा भनिरहेको आर्टमाण्डुसँगको सहकार्यमा ब्यान्डको ‘हजार सपना’ गीतको भिडियो सार्वजनिक गरेको हो ।
सन् २०१६ मा १९७४ एडी न्यु लाइनअप रहेको बेला ‘हजार सपना’ एल्बममा रहेको प्रज्ज्वल मुखियाको स्वरमा रहेको गीत नयाँ सङ्गीत संयोजनसहित सार्वजनिक गरिएको सञ्जयले बताए । नयाँ सङ्गीत संयोजनमा ब्यान्डका पुरानै भोकलिस्ट एड्रियन प्रधान र फिरोज स्याङ्देनले गाएका छन् । गीतले देशबाहिर रहेका नेपालीहरूको कथा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्नेहरू पक्राउ परेनन्
-
मस्को मेट्रोले आफ्नो ९० औं वार्षिकोत्सव मनायो
-
सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित
-
मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
-
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
-
परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव