कांग्रेस वर्तमान गठबन्धन भत्काउन शुरुबाटै लागेको छः नेता दाहाल

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल शुरु भएको बताएका छन् ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको शुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल शुरु भएको आरोप लगाए । उनले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताए । दाहालले नेपाली काँग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न काँग्रेसलाई आग्रह गरे ।
नेता दाहालले विभिन्न १० वटा विधेयकहरु प्रतिनिधि सभाका विभिन्न समितिमा रहेको र ति विधेयकहरु छिटो भन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताए । सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादासम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशंका लागेको बताए । उक्त विधेयकको बारेमा अविलम्व छलफल प्रारम्भ गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा