दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, मोटरसाइकल भेरीमा डुब्यो
शनिबार, २९ वैशाख २०८१, १० : ४६
सुर्खेत । मोटरसाइकल दुर्घटनामा परेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन् ।
प्रदेश ट्राफिक कार्यालयका अनुसार आज बिहान ७ः१५ बजेतिर सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१प–०३७९ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण