पाकिस्तानलाई हराउँदै आयरल्याण्डले रच्यो इतिहास

डब्लिन । आयरल्याण्डले पहिलो पटक पाकिस्तानलाई टी–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गर्दै इतिहास रच्न सफल भएको छ । डब्लिनमा भएको तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा १८२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५७ रनको इनिङ्स खेले । इफ्तिखार अहमदले १५ बलमा अविजित ३७ रन बनाए । आयरल्याण्डका लागि क्रेग योङले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन । टोलीले ४.१ ओभरमा २७ रनमा दुई विकेट गुमाएको थियो ।
तर एन्डी बालबर्नीले ५५ बलमा ७७ रन बनाएर आयरल्याण्डलाई जितको नजिक पुर्याए । बालबर्नीको विकेट खसेपछि आयरल्याण्डको स्कोर १८.४ ओभरमा ५ विकेट गुमाएर १६७ रन थियो ।
आयरल्याण्डलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो। तर आयरल्याण्डले १ बल बाँकी रहँदा १८३ रनको लक्ष्य पुरा गरेको थियो । सिरिजको दोस्रो खेल १२ मेमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु
-
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष प्रचण्ड
-
फाइनलमा पुग्ने लक्ष्यसहित नेपाल आज बलियो बंगलादेशसँग भिड्दै
-
भरतपुर महानगरले धुर्मुस–सुन्तलीको ऋण नबोक्ने, सोझै फाउन्डेसनमा अनुदान पठाउन पत्र
-
बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित