पाकिस्तानलाई हराउँदै आयरल्याण्डले रच्यो इतिहास
डब्लिन । आयरल्याण्डले पहिलो पटक पाकिस्तानलाई टी–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गर्दै इतिहास रच्न सफल भएको छ । डब्लिनमा भएको तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा १८२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५७ रनको इनिङ्स खेले । इफ्तिखार अहमदले १५ बलमा अविजित ३७ रन बनाए । आयरल्याण्डका लागि क्रेग योङले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन । टोलीले ४.१ ओभरमा २७ रनमा दुई विकेट गुमाएको थियो ।
तर एन्डी बालबर्नीले ५५ बलमा ७७ रन बनाएर आयरल्याण्डलाई जितको नजिक पुर्याए । बालबर्नीको विकेट खसेपछि आयरल्याण्डको स्कोर १८.४ ओभरमा ५ विकेट गुमाएर १६७ रन थियो ।
आयरल्याण्डलाई जितका लागि अन्तिम ओभरमा ११ रन आवश्यक थियो। तर आयरल्याण्डले १ बल बाँकी रहँदा १८३ रनको लक्ष्य पुरा गरेको थियो । सिरिजको दोस्रो खेल १२ मेमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण