पाकिस्तान प्रशासित काश्मीरमा मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमा एक प्रहरीको मृत्यु
आइतबार, ३० वैशाख २०८१, १२ : २६
इस्लामवाद । पाकिस्तान प्रशासित काश्मीरमा बिजुली र पिठोको मूल्यवृद्धिलाई लिएर भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबिच हिंसात्मक झडप भएको छ । हिंसात्मक झडपमा एक प्रहरी निरीक्षकको मृत्यु भएको हो ।
पाकिस्तान प्रशासित कश्मीरका सरकारका प्रवक्ता अब्दुल माजिद खानले यो जानकारी दिएका हुन् । छातीमा गोली लागेर प्रहरी निरीक्षकको मृत्यु भएको दाबी अब्दुल माजिद खानले गरेका छन् ।
आन्दोलनकारीलाई कानुनी कारबाही गरिने पनि दाबी खानले गरेका छन् । मुजफ्फराबादका केही क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको बताइएको छ । सरकारका प्रवक्ताले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण