दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, खच्चै गैराका ५५ वर्षीय मानबहादुर रावल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
आइतबार ४ः३० बजेतिर दुल्लु नगरपालिका–६, धाडाको जंगलस्थित भित्री सडकखण्डमा भे।१ त।८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
चालकसहित ७ जना सवार ट्याक्टरले विद्युतको पोलको सामान बोकेको थियो । लोड धेरै भएको र पोलहरु हल्लिन गई ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक, सहचालक गरी ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुल्लु नगरपालिका–६, का ५६ वर्षीय कमारो रावलको अवस्था गम्भीर छ । उनको बायाँ खुट्टामा चोट लागेको छ । यस्तै ४८ वर्षीय दानबहादुर रावलको दाहिने खुट्टामा चोट लागेको छ भने ट्याक्टरका साहु ३१ वर्षीय ललित खड्काको मुख, हात र खुट्टामा चोट लागेको छ । तिनै जनाको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ ।
बाँकी तिन जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण