लिफ्ट भत्किएर खानीमा फसेका १४ जनाको सकुशल उद्धार
राजस्थान । राजस्थानको झुन्झुनुस्थित कोलिहान खानीमा लिफ्ट भत्किएर फसेका १४ जनाको सकुशल उद्धार गरिएको छ । झुन्झुनु सरकारी अस्पतालका नर्सिङ स्टाफले सबै जना सुरक्षित रहेको समाचार एजेन्सी एएनआईलाई जानकारी दिएका हुन् ।
‘केहीको हातखुट्टा फ्रयाक्चर भएको छ। १४ जनामध्ये ३ जनालाई भने कुनै चोटपटक छैन। सिँढीको सहायताले उद्धार गरिएको छ,’ उनीहरुको भनाई छ ।
यसैबिच, समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै सबैलाई उद्धार गरिएको बताएको छ। तीन जना गम्भीर घाइते भएका छन्, जसलाई खानीबाट निकालेर जयपुरको अस्पतालमा पठाइएको छ। बाँकी मानिसलाई पनि बाहिर निकाल्ने काम भइरहेको छ ।
हिन्दुस्तान कपर लिमिटेड (एचसीएल) को तामा खानीमा मंगलबार राति दुर्घटना भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार यो लिफ्ट अधिकारीहरूको ढुवानीका लागि थियो। एचसीएलको सतर्कता टोली केही वरिष्ठ अधिकारीसहित खानीमा निरीक्षणका लागि गएको थियो । तर जब तिनीहरू माथि आउन थाले, लिफ्टको डोरी चुँडिएपछि र अधिकारीहरू त्यहाँ फसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण