काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने, आवेदन आह्वान
बुधबार, ०२ जेठ २०८१, १० : ३२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र बसोबास गर्नेहरूका लागि निःशुल्क कानुनी सहायता उपलब्ध गराउने भएको छ । विपद्मा परेका, कानुनी सेवाको अपेक्षी जस्ता आर्थिक, सामाजिक वा अन्य कारणले नेपालको संविधान तथा प्रचलित कानुन प्रदत्त आफ्नो हक अधिकारको प्रचलनका लागि न्यायिक उपचार प्राप्त गर्नबाट वञ्चित महानगरवासीहरूलाई निःशुल्क कानुनी सहायक उपलब्ध गराउन लागिएको महानगरको भनाइ छ ।
त्यसका लागि महानगरपालिकाले इच्छुक कानुनी सेवा प्रदान गर्ने सङ्घ/संस्था, कम्पनी, फर्म वा कानुन व्यवसायीहरूलाई सम्पर्क सूचनामार्फत अनुरोध गरेको छ । इच्छुक सङ्घ/संस्था, कम्पनी, फर्म वा कानुन व्यवसायीहरूले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
यस्तै महानगरले वैतनिक कानुन व्यवसायी सूचीकरण सम्बन्धी सूचना पनि जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण