महानगरका पार्क र ट्राफिक आइल्याण्डको व्यवस्थापनका लागि ११० जना जनशक्ति परिचालन
बुधबार, ०२ जेठ २०८१, १० : ४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ ।
उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो ।
महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका लागि काम गर्न १० जना रहेको १० वटा समूह बनाइएको छ । हरेक समूहलाई परिचालन गर्न १० जना नाइकेको व्यवस्था गरिएको छ ।
नाइकेहरुले वडासँग समन्वय गरेर काम सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण