राष्ट्रपति पौडेलको युरोप भ्रमण तय
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । यसअघि नै तय भइसकेको युरोप भ्रमण भूकम्पका कारण स्थगित भएको थियो ।
गत कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो । मन्त्रिपरिषद्को बैठकले ती भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका कारण स्थगित भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको तयारी चलिरहे पनि समय भने तय भइसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेको बताए ।
उनले भने, ‘जुनको दोस्रो हप्तातिर हो जस्तो लाग्छ, मितिको बारेमा औपचारिक जानकारी आउन बाँकी छ ।’ आइएलओको वार्षिक उत्सवमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि त्यहाँका राष्ट्रपतिलगायत अन्यसँग उच्चस्तरीय भेटघाट रहेको छ ।
स्विटरल्याण्डबाट उनी जर्मनी पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीमा त्यहाँका राष्ट्रपतिसँग भेटघाटको कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण