टी–२० विश्वकपका लागि वेस्ट इन्डिजका सिमोन्स पपुवा न्यु गिनीको प्रशिक्षण टोलीमा
काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट टोलीका पूर्वअलराउन्डर फिल सिमोन्स पपुवा न्यु गिनीको प्रशिक्षण टोलीमा आबद्ध भएका छन् । पपुवा न्यु गिनी क्रिकेट बोर्डले सिमोन्सलाई आफ्नो राष्ट्रिय टोलीको विशेषज्ञ प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।
पपुवा न्यु गिनीले आईसीसी टी–२० विश्वकपलाई ध्यानमा राखी सिमोन्सलाई विशेषज्ञ प्रशिक्षकका रूपमा नियुक्त गरेको हो । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
पपुवा न्यु गिनी क्रिकेट टोलीको प्रशिक्षक भने जिम्बाबेका पूर्वखेलाडी तातेन्डा ताइबु हुन् । आगामी विश्वकपमा प्रशिक्षक ताइबुले सिमोन्सको सल्लाह अनुसार काम गर्नेछन् । सिमोन्सले वेस्ट इन्डिजका लागि एक सय ६० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।
सिमोन्स आफ्नो समयका प्रभावशाली खेलाडी हुन् । उनले प्रशिक्षकको भूमिकामा पनि महत्त्वपूर्ण सफलता हात पारिसकेका छन् । वेस्ट इन्डिजले सन् २०१६ मा दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्दा पनि सिमोन्स नै क्यारेबियन टोलीका प्रशिक्षक थिए ।
उनले यसअघि जिम्बाबेको राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । ‘म आफ्नो नयाँ भूमिकालाई सार्थक बनाउने प्रयास गर्नेछु । आगामी विश्वकपमा पपुवा न्यु गिनीले उत्कृष्ट प्रदर्शन गर्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।
आगामी टी–२० विश्वकपमा पपुवा न्यु गिनी समूह ‘सी’ मा परेको छ । त्यो समूहमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान र युगान्डा पनि रहेका छन् । पपुवा न्यु गिनीले आफ्नो पहिलो खेल जुन २ तारिखमा सिमोन्सकै राष्ट्र वेस्ट इन्डिजसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण