आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

रारा जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

बिहीबार, १० जेठ २०८१, १६ : ०६
बिहीबार, १० जेठ २०८१

सुर्खेत । रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना भएको छ । बिहीबार बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलपट भन्ने ठाउँमा दुर्घटनामा परेको हो । 

उक्त दुर्घटनामा परी १२ जना शिक्षक र विद्यार्थीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना तथा अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए । 

उनका अनुसार ग१ज ८२४९ नम्बरको जिपले बाजुराको हिमाली गाउँपालिका–५, कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थी बोकेको थियो ।

दिउँसो १२ बजेतिर भएको उक्त दुर्घटनामा ९ जना विद्यार्थी, २ शिक्षक र एक जना चालक घाइते भएका छन् ।  विद्यार्थी र शिक्षक सबै सामान्य घाइते भएको र चालक गम्भीर घाइते भएको सूचना अधिकारी कार्कीले बताए ।

चालकको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप