आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्‍यो टिभिएसको नयाँ शोरुम

बिहीबार, १० जेठ २०८१, २२ : ४०
बिहीबार, १० जेठ २०८१

काठमाडौँ ।  सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौँमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं.२ का सांसद दुर्लभ थापाले रिबन काटेर बिहीबार शोरूमको उद्घाटन गरेका हुन् । 

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू शोरुमबाट उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका सञ्चालक श्रीकृष्ण थापाले जनाएका थिए । 

उपभोक्ताहरूको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ सञ्चालन भएको सान्भी अटो लिङ्कको नयाँ शोरुमले टिभिएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मत सम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप