संसद्
विपक्षी र कार्यदल निर्णयको पखाईमा सभामुख
शुक्रबार, ११ जेठ २०८१, ११ : २८
काठमाडौँ । ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु हुन सकेको छैन । सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक र बानेश्वरमा विपक्षी दलको बैठक बसिरहेको छ । दुवै बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।
सभामुख देवराज घिमिरे विपक्षी र कार्यदल बैठकको निर्णय कुरेर संसद् भवनस्थित कार्यकक्षमा बसेका छन् । सभामुखको कार्यकक्षमा केही मन्त्रीहरू र सत्तापक्षका नेताहरू छन् । कार्यदलमा सहमति जुटे संसद् सहज रूपमा सञ्चालन हुने अपेक्षा भएपनि सहमति जुट्ने सम्भावना न्यून बन्दै गएको छ ।
यता विपक्षी दल सहमति नजुटे कसरी अघि बढ्ने भनेर थप रणनीति बनाउन व्यस्त छन् । सहकारीको रकम हिनामिना र अपचलनमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रतिपक्ष दलले लगातार संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण