सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
संसद्

विपक्षी र कार्यदल निर्णयको पखाईमा सभामुख

शुक्रबार, ११ जेठ २०८१, ११ : २८
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक समयमा सुरु हुन सकेको छैन ।  सिंहदरबारमा संसदीय छानबिन समितिको कार्यदल बैठक र बानेश्वरमा विपक्षी दलको बैठक बसिरहेको छ । दुवै बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो ।

सभामुख देवराज घिमिरे विपक्षी र कार्यदल बैठकको निर्णय कुरेर संसद् भवनस्थित कार्यकक्षमा बसेका छन् । सभामुखको कार्यकक्षमा केही मन्त्रीहरू र सत्तापक्षका नेताहरू छन् । कार्यदलमा सहमति जुटे संसद् सहज रूपमा सञ्चालन हुने अपेक्षा भएपनि सहमति जुट्ने सम्भावना न्यून बन्दै गएको छ । 

यता विपक्षी दल सहमति नजुटे कसरी अघि बढ्ने भनेर थप रणनीति बनाउन व्यस्त छन् । सहकारीको रकम हिनामिना र अपचलनमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै प्रतिपक्ष दलले लगातार संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप