गाजामा बन्धक बनाइएका थप तीन जनाको शव भेटियो
शुक्रबार, ११ जेठ २०८१, १६ : २५
तेल अभिभ । इजरायली सेनाको सुरक्षा बलले गाजामा थप तीन जना बन्धकको शव फेला पारेको छ ।
शव हनान याब्लोन्का, मिशेल निसेनबाम र ओरियन हर्नान्डेजको भएको बताइएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
उत्तरी गाजाको जबलियामा गरिएको अपरेसनमा तीन जना बन्धकको शव फेला परेको आइडीएफले जनाएको छ । गत हप्ता पनि गाजामा तीन इजरायली बन्धकहरूको शव भेटिएको थियो ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए ।
यसको जवाफमा इजरायली सैन्य कारबाहीमा गाजा र वेस्ट बैंकमा हालसम्म ३५ हजारभन्दा बढी मानिस मारिएका छन् । इजरायलका अनुसार १३० जना अझै पनि हमासको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक’
-
रोपाइँः हिलोबाट भातसम्म
-
‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ (तस्बिरहरू)
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
-
नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण