छोरीहरूलाई तेक्वान्दो बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर विस्तार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नेपालमा तेक्वान्दाे धेरै नै लोकप्रिय बनिरहेको बताए ।
उनले तेक्वान्दोलाई अझै विस्तार गर्न आवश्यक रहेको बताए । उनले तेक्वान्दो छोरीहरूलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरू कम हुने बताए । उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताउँदै जिल्ला, पालिकाहरूमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताए ।
‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । यसलाई हामीले आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरू छन्’ उनले भने, ‘महिला हिंसाका घटनाहरू भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरूमा खास गरी महिलालाई, छोरीहरूलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’
अध्यक्ष नेपालले खेलले सामूहिकताको भावना बढाउने बताए । उनले खेलबाट अनुशासित हुन, मेहनती हुन प्रेरित हुने बताए । उनले खेललाई प्रोत्साहन दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण