सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

छोरीहरूलाई तेक्वान्दो बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल

शुक्रबार, ११ जेठ २०८१, १७ : २९
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो देशभर विस्तार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले नेपालमा तेक्वान्दाे धेरै नै लोकप्रिय बनिरहेको बताए ।

उनले तेक्वान्दोलाई अझै विस्तार गर्न आवश्यक रहेको बताए । उनले तेक्वान्दो छोरीहरूलाई बढी भन्दा बढी सिकाउनुपर्ने जसले महिला हिंसाका घटनाहरू कम हुने बताए । उनले खेलले शरीरलाई स्वस्थ बनाउने बताउँदै जिल्ला, पालिकाहरूमा पनि तेक्वान्दो बिस्तार गर्न आवश्यक रहेको बताए ।

‘मलाई लाग्छ नेपालमा तेक्वान्दो धेरै नै पपुलर छ । यसलाई हामीले आफ्नो शरीरलाई स्वस्थ बनाउन अझै बिस्तार गर्नुपर्छ । समाजमा अझै पनि विकृतिहरू छन्’ उनले भने, ‘महिला हिंसाका घटनाहरू भइरहेका छन् । जिल्ला जिल्लामा, पालिकाहरूमा खास गरी महिलालाई, छोरीहरूलाई तेक्वान्दोको तालिम दिनुस् । त्यसले आत्मविश्वास बढ्छ । प्रदेश, प्रदेशमा पनि यस्तै अभियान चलोस् ।’

अध्यक्ष नेपालले खेलले सामूहिकताको भावना बढाउने बताए । उनले खेलबाट अनुशासित हुन, मेहनती हुन प्रेरित हुने बताए । उनले खेललाई प्रोत्साहन दिनुपर्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप