सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

शैक्षिक सुधारका लागि पाठ्यक्रम परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

शुक्रबार, ११ जेठ २०८१, १८ : ३२
शुक्रबार, ११ जेठ २०८१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक पाठ्यक्रम परिवर्तन गरेर अघि बढ्नु पर्ने बताएका छन् । उनले नेपालको शिक्षा प्रणाली पुरानै ढाँचाको रहेकाले पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको बताए ।

‘उच्च शिक्षामा चुनौती: रोजगारी, स्थिरता र बिचमै पढाई छोड्ने प्रवृत्तिलाई न्यूनीकरण’ सम्बन्धी हेटौंडामा सुरु भएको राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले परीक्षा प्रणालीलाई पूर्णरुपमा योग्यताक्रम मेरिडमा लैजानुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिनु वर्तमान समयको आवश्यकता रहेको उनको भनाई ।

‘नेपाली शिक्षा प्रणाली पुरानै ढाँचाको रहेका छ । अब पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ । परीक्षा प्रणालीलाई पूर्ण रुपमा योग्यताक्रम (मेरिट)मा लैजानुपर्छ,’ उनले भने, ‘प्राविधिक शिक्षामा रहेको कोटा प्रणालीलाई शिक्षामा सिण्डिकेट भइरहेको छ । सरकारले कोटा प्रणाली हटाएर विद्यार्थीले पढ्न चाहेको विषय पढ्न पाउने व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी प्रदेश सरकारको रहेको छ ।’

शिक्षा सैद्धान्तिक भएकोले बेरोजगारी बढेको, पलायनको स्थिति आएको मुख्यमन्त्री जम्कट्टेलले बताए । माध्यमिक तहका विद्यालय ग्रामीण क्षेत्र लक्षित गरी ‘एक वडा, एक आवासीय विद्यालय’ बनाउने नीति लिएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्च शिक्षामा समस्या रहेको र समस्या समाधानमा ध्यान जान नसकेको बताए । विद्यार्थी बिदेसिने क्रम बढ्दो रहनुको कारण यकिन गर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।  

२ दिनसम्म सञ्चालन हुने सम्मेलन ‘उच्च शिक्षाका चुनौती, दिगोपना र विद्यार्थीले बिचमै पढाई छाड्ने दर न्यूनीकरण’ को विषयलाई केन्द्रित गरिएको छ । सम्मेलनमा देशभरका ६० भन्दा बढी क्याम्पसका करिब ३०० प्राध्यापक, अनुसन्धाताको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप