सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

टेबलटेनिस टोली श्रीलंका जाँदै

शुक्रबार, ११ जेठ २०८१, २० : १८
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ ।

जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्ने छ । यु–१९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र एसियाली खेलकुदको अनुभव बटुलिसकेका रुविन महर्जन तथा गल्र्समा वियंका राई, इभाना थापा मगर र योङगी पौडेलले प्रतिस्पर्धा गर्ने छन् ।

यु–१५ को ब्वाइजमा जयस्नु महर्जन, रिजन शाक्य र सुविन क्षेत्री तथा गल्र्समा शुभश्री श्रेष्ठ, सुरम्य शाक्य र महिमा महताले खेल्ने छन् ।

प्रशिक्षकमा सन्जिव ढुंगेल तथा व्यवस्थापकमा सिक्का सुवाल श्रेष्ठ छन् । एटीटीयु कम्पिटिसन म्यानेजर तेजेन्द्रसिंह महरा पनि सो प्रतियोगिताका लागि श्रीलंका जाँदै छन् । उनी शुक्रबारै प्रस्थान गरेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गर्दै भने– ‘टेबलटेनिसमा श्यान्टु श्रेष्ठले ओलम्पिकमा छनोट भएर इतिहास रच्नु भएको छ । अबको नयाँ अनुहार तपाईंहरु मध्येबाट हुन सक्छ । तपाईंहरु भविष्य मात्र होइन, वर्तमान पनि हो । मनभित्रदेखि राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नुस् । अल दि वेस्ट ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप