टेबलटेनिस टोली श्रीलंका जाँदै
काठमाडौँ । दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दैछ ।
जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्ने छ । यु–१९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र एसियाली खेलकुदको अनुभव बटुलिसकेका रुविन महर्जन तथा गल्र्समा वियंका राई, इभाना थापा मगर र योङगी पौडेलले प्रतिस्पर्धा गर्ने छन् ।
यु–१५ को ब्वाइजमा जयस्नु महर्जन, रिजन शाक्य र सुविन क्षेत्री तथा गल्र्समा शुभश्री श्रेष्ठ, सुरम्य शाक्य र महिमा महताले खेल्ने छन् ।
प्रशिक्षकमा सन्जिव ढुंगेल तथा व्यवस्थापकमा सिक्का सुवाल श्रेष्ठ छन् । एटीटीयु कम्पिटिसन म्यानेजर तेजेन्द्रसिंह महरा पनि सो प्रतियोगिताका लागि श्रीलंका जाँदै छन् । उनी शुक्रबारै प्रस्थान गरेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गर्दै भने– ‘टेबलटेनिसमा श्यान्टु श्रेष्ठले ओलम्पिकमा छनोट भएर इतिहास रच्नु भएको छ । अबको नयाँ अनुहार तपाईंहरु मध्येबाट हुन सक्छ । तपाईंहरु भविष्य मात्र होइन, वर्तमान पनि हो । मनभित्रदेखि राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नुस् । अल दि वेस्ट ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण