पार्टी संरचनामा दुई तिहाइ नयाँ पुस्ता राखौँ : शर्मा
रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले हरेक तहका पार्टी कमिटीमा दुई तिहाइको सङ्ख्यामा नयाँ पुस्तालाई समेट्न प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्र बाफिकोट गाउँ समितिले शनिबार आयोजना गरेको पार्टीका नवनिर्वाचित वडा समिति पदाधिकारीहरूको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले पार्टीमा नयाँ पुस्ताको बहुमत नभएसम्म गति नआउने बताए । ‘पार्टीका हरेक निकायमा युवाहरूको बाहुल्य भए मात्र पछिल्ला चुनौतीहरूको सामना गर्न सकिन्छ,’ केन्द्रीय संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, ‘विशेष महाधिवेशनसम्म जाँदा यस विषयमा देशभर बहस चलाउनुपर्छ।’
पार्टीको विशेष महाधिवेशन आगामी वर्षको मङ्सिर पुससम्म गर्ने गरी शर्मा नेतृत्वको संगठन विभागले पार्टीमा सिफारिस गरिसकेको जानकारी गराउँदै उनले नयाँ विचारको आधारमा समाजवादको मूर्त कार्यक्रम अघि सारिने दाबी गरे । विशेष महाधिवेशनबाट सरकारको स्थिरता कायम हुने खालको नयाँ राजनैतिक प्रणालीको खाकासमेत तयार गर्न लागिएको शर्मा भनाइ छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता शर्माले आर्थिक समृद्धिका लागि पार्टीका हरेक सदस्यहरू कुनै न कुनै उत्पादनको कार्यमा अनिवार्य रूपले जोडिन निर्देशन दिए । पार्टीका हरेक नेता तथा कार्यकर्ताहरू आर्थिक रूपले आत्मनिर्भर नभएसम्म जनताको समृद्धिको अगुवाइ गर्न नसकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण