काठमाडौँमा तरुण दलको मसाल जुलुस
शनिबार, १२ जेठ २०८१, १९ : ३४
काठमाडौँ । नेपाल तरुण दलले शनिबार गोंगबुमा मसाल जुलुसको आयोजना गरेको छ। सबै खाले भ्रष्टाचारको छानबिन, सहकारी ठगीको छानबिन र प्रेस स्वतन्त्रताको पक्षमा मसाल जुलुसको आयोजना गरिएको संघले जनाएको हो ।
मसाल जुलुस पछि आयोजित कोणसभामा बोल्दै दलका केन्द्रीय सदस्य निरञ्जन थापाले भ्रष्टाचारीलाई निष्पक्ष कारबाही गर्न माग गरे। ‘हिजाे समाजमा गलत काम गर्ने फटाहाहरू मुख थुनेर लुकेर हिँड्ने गर्थे तर आज चर्को स्वरमा टाईसुट लगाए भगवान्को रूपमा समाजमा ठगीको धन्दा गर्ने गिरोह नै हाबी भए,’ उनले भने ।

गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्ट र सहकारी ठगीको सप्रमाणसहित कान्तिपुर दैनिकमा समाचार लेखेकै भरमा कैलाश सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताउँदै उनले नेपाली काङ्ग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको सपष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण