दोस्रो टी–२० मा पनि नेपाल विजयी

काठमाडौँ । टी–२० विश्वकपअघिको अभ्यास खेलमा नेपालले हाउस्टन हरिकेन्सलाई २७ रनले पराजित गर्न सफल भएको छ । अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो जित हो ।
शनिबार भएको खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १८.३ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनाउन सक्यो । हरिकेन्सका लागि सुभम रन्जानेले २९ बलमा ३५ रन बनाए भने लाहिरु मिलान्थाले १३ बलमा १६ रन बनाए । नेपालका लागि करन केसीले ३ तथा सोमपाल कामीले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । उनलाई कुशल भुर्तेलले २३ रन बनाउँदै साथ दिए । हरिकेन्सका लागि जस्टिन डिल र रन्जानेले २–२ विकेट लिए ।
यसअघि प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको थियो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटिएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा