इङ्गल्यान्डसँग २३ रनले हार्यो पाकिस्तान
काठमाडौँ । पाकिस्तानविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली इङ्गल्यान्ड २३ रनले विजयी भएको छ । जितसँगै चार खेलको शृङ्खलामा इङ्गल्यान्डले १–० को अग्रता पनि लिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने १९।२ ओभरमा अलआउट हुनुअघि एक सय ६० रनमात्र बनाउन सक्यो ।
इङ्गल्यान्डको जितमा कप्तान जस बट्लरले ८४ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान बट्लरले केवल ५१ बलको सामना गरी तीन छक्का र आठवटा चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान विल ज्याक्सले पनि टोलीको खातामा ३७ रन थपे ।
जोनी बेयरस्टोले २१ रन बनाए भने ओपनर ब्याट्सम्यान फिल साल्ट १३ रन जोडे । लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका जोफ्रा आर्चरले अविजित १२ रन बटुले । पाकिस्तानका बलर साहिन शाह अफ्रिदीले तीन विकेट लिए । ईमाद वसिम र ह्यारिस रौफले दुई–दुई विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको पाकिस्तानका लागि फाखर जामनले सर्वाधिक ४५ रन बनाए । कप्तान बाबर आजमले पनि ३२ रन जोडे । ईफ्तिखार अहमदले २३ र ईमान वसिमले २२ रन बटुले । इङ्गल्यान्डका बलर रिसे टप्लीले तीन तथा मोइन अली र जोफ्रा आर्चरले दुई–दुई विकेट हात पारे ।
क्रिस जोर्डन, अदिल रसिद र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए । इङ्गल्यान्डका बट्लर प्लेयर अफ दी म्याच घोषित भए । टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । शृङ्खलाको पहिलो खेल रद्द भएको थियो । तेस्रो खेल मंगलबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण