५९ लाख ६९ हजार नेपाली विदेशमा, १७ हजार विदेशीलाई नेपालमा रोजगारी
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म श्रम स्वीकृति लिएर विदेशी नेपालीहरूको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको सरकारले जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण २०८१ सार्वजनिक गर्दै सरकारले यस्तो तथ्याङ्क पेश गरेको हो ।
कूल श्रमिक मध्ये ९३.८ प्रतिशत पुरुष र ६.२ प्रतिशत महिला रहेको समेत सरकारले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा मात्र २ लाख ८५ हजार नेपालीले नयाँ श्रम स्वीकृति लिएर विदेशिएको सरकारले जनाएको छ । यसै अवधिमा ईपिएस प्रणालीमार्फत १ लाख ४ हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा कतार, मलेसिया, साउदी अरब, युएई र कुवेत रहेकामा पछिल्लो अवधिमा युएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दो क्रममा रहेको सरकारले जनाएको छ ।
वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा १११ देशलाई खुल्ला गरिएको छ भने वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५९९ म्यानपावर कम्पनीहरूलाई लाइसेन्स प्रदान गरिएको छ ।
यद्यपि, यसै अवधिमा यता नेपालमा काम गर्ने १७ हजार ४५७ जना विदेशी नागरिकलाई श्रम स्वीकृति दिइएको समेत सरकारले जनाएको छ । यो २०७५÷७६ देखि विदेशी नागरिकलाई दिइएको स्वीकृति हो भने चालु आर्थिक वर्षको ८ महिनामा ५८९ जनालाई नयाँ श्रम स्वीकृति र ८५० जनाको स्वीकृति नवीकरण गरिएको सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण