५९ लाख ६९ हजार नेपाली विदेशमा, १७ हजार विदेशीलाई नेपालमा रोजगारी

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म श्रम स्वीकृति लिएर विदेशी नेपालीहरूको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको सरकारले जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण २०८१ सार्वजनिक गर्दै सरकारले यस्तो तथ्याङ्क पेश गरेको हो ।
कूल श्रमिक मध्ये ९३.८ प्रतिशत पुरुष र ६.२ प्रतिशत महिला रहेको समेत सरकारले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा मात्र २ लाख ८५ हजार नेपालीले नयाँ श्रम स्वीकृति लिएर विदेशिएको सरकारले जनाएको छ । यसै अवधिमा ईपिएस प्रणालीमार्फत १ लाख ४ हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा कतार, मलेसिया, साउदी अरब, युएई र कुवेत रहेकामा पछिल्लो अवधिमा युएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या बढ्दो क्रममा रहेको सरकारले जनाएको छ ।
वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा १११ देशलाई खुल्ला गरिएको छ भने वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५९९ म्यानपावर कम्पनीहरूलाई लाइसेन्स प्रदान गरिएको छ ।
यद्यपि, यसै अवधिमा यता नेपालमा काम गर्ने १७ हजार ४५७ जना विदेशी नागरिकलाई श्रम स्वीकृति दिइएको समेत सरकारले जनाएको छ । यो २०७५÷७६ देखि विदेशी नागरिकलाई दिइएको स्वीकृति हो भने चालु आर्थिक वर्षको ८ महिनामा ५८९ जनालाई नयाँ श्रम स्वीकृति र ८५० जनाको स्वीकृति नवीकरण गरिएको सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीरव मोदीको नयाँ जमानत याचिका लन्डन उच्च अदालतद्वारा खारेज
-
इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची