ठगेको आरोप लागेका १९ वर्षीय किशोरको १ करोड ५१ लाख कारोबार
बायनान्स एप मार्फत ठगीधन्दा
आइतबार, १३ जेठ २०८१, २१ : २३
काठमाडौँ । बायनान्स एप मार्फत ठगेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका घर भएर कोटेश्वर बस्ने विज्ञान घर्तीमगर छन् ।
किशोरले बायनान्स एप मार्फत १ करोड ५१ लाख कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
फेसबुक र टेलिग्राम मार्फत कुरा गरेर उनले एपमा लगानी गर्दा दोब्बर कमाई हुन्छ भनेर ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार दोब्बर कमाउने लोभ देखाएर पीडितको २ लाख १६ हजार आरोपीले ठगी गरेको भेटिएको छ । बायनान्स मार्फत क्रिप्टोकारोबार गर्ने किशोरलाई थप अनुसन्धान र कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण