साँखुमा सालकको खपेटासहित एक जना पक्राउ
आइतबार, १३ जेठ २०८१, २२ : २६
काठमाडौँ । प्रहरी प्रभाग साँखुले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ । आइतबार शंखरापुर नगरपालिका– ७ साँखुस्थित खटिएका प्रहरी टोलीले सुराकीको आधारमा शङ्का लागेर चेक जाँच गर्ने क्रममा सालकको खपेटासहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शंखरापुर नगरपालिका वडा नम्बर ४ मा बस्ने वर्ष २४ वर्षका सञ्जय घ्लान रहेका छन् । उनलाई सालकको खपेटा १ थान सहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान एवम् कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा आजै बुझाइएको प्रहरी प्रभाग साँखुका इन्चार्ज नवीन चुदालीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण